राजधानीमा जारी तेस्रो संस्करणको एनपीएलमा दोस्रो शतक प्रहार भएको छ । चितवन राईनोजका कामिल मिशारालेले काठमाडौं गोर्खाजकाविरूद्ध शतक प्रहार गरे। उनले ५३ बलमा ८ छ्क्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे। जारी एनपीएलमा शतक हिर्काउने उनी दोस्रो खेलाडी समेत बने । यसअघि पोखरा एभेन्जर्सका युवराज सामराले शतक बनाएका थिए। सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका थिए ।