नेपालमा पहिलो पटक प्राकृतिक चिकित्सा विज्ञानको पढाइ सुरु गर्ने गरी नवलपुरको रजहरमा तयारी तीब्र पारिएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्ध लिएर देवचुली–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान पढाउने गरी शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्ने तयारी तीब्र पारिएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए । सापकोटाका अनुसार आगामी आर्थिक वर्षदेखि त्यहाँ प्राकृतिक चिकित्सा विज्ञानको पढाइ