बाँसघारीभित्रको एकान्त जुवाखालमा प्रहरीको छापा, ४ जना पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०८:०० PM
विराटनगर : मोरङको बेलबारीस्थित एक एकान्त बाँसघारी जुवाडेहरूको अखडा बनेको खुलेको छ। लामो समयदेखि उक्त स्थानमा कौडा खेल हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीको एकान्त जुवाखालमा प्रहरीले छापा मारी चार जनालाई पक्राउ गरेको छ भने जुवा खेलिरहेका अन्य धेरै व्यक्ति भाग्न सफल भएका छन्। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले बुधबार साँझ करिब ५:५० बजे कौडा खेलिरहेको अवस्थामा उनीहरूला