चितवनका ओपनर मिशराको अर्धशतक

  • बुधबार ३ मंिर २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजका ओपनर कामिल मिशराले अर्धशतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवनका लागि मिशराले ३३ बलमा २ चौका र ३ छक्कासहित अर्धशतकीय पारी पूरा गरेका हुन्। उनले तेस्रो विकेटको लागि कप्तान रवि बोपारासँग ८५ रनको साझेदारी गर्दै खेलिरहेका छन्। कप्तान बोपाराले ३२ रन बनाएर खेलिरहेका छन्। यो खेलको विजेता टोलीले दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग खेल