नापजाँच सम्पन्न भएको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

  • बुधबार ३ मंिर २०८३ ०१:०८ PM
काठमाडौं । सर्लाहीको विष्णु गाँउपालिका वडा नं ५ र ६ (साविक सिमरा गा.वि.स. वडा नं १,२,३,४,५,६ र ७) का २७५ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २७५ परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका छन्