अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने भएको छ।नगरपालिकाले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको हरिबोधनी एकादशी पर्वको सम्मान गर्दै, सन्धिखर्कमा लाग्ने एकादशी मेलामा नगरपालिकाअन्तर्गतका कार्यालय तथा निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्वका रूपमा रहेको हरिबोधनी एकादशीलाई ठूलो धार्मिक आस्थाका साथ मनाउने गरिन्छ। यस दिन