काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको एलिमिनेटरमा काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले पावरप्लेमा सुस्त सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको चितवन राइनोजले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको हो। ओपनर देव खनाल १७ रनमा क्याच आउट हुँदा वान डाउन आएका डेविड मलान डक आउट भए। ओपनर कामिल मिशरा १३ र कप्तान रवि बोपारा २ रनमा अविजित खेलिरहेका छन्। काठमाडौं गोर्खाजका लागि कप्तान करण केसीले चौथो ओभरको पहिलो र दोस्रो बलमा लगातार