एपेक शिखर सम्मेलन : पहिलो पटक एकसाथ देखिए ट्रम्प, पुटिन र सी

  • बुधबार ३ मंिर २०८३ ०६:०० PM
काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ पहिलोपटक एकसाथ सार्वजनिक मञ्चमा देखिएका छन् ।एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा चीनको सेन्जेनमा बुधबार राति आयोजित स्वागत रात्रिभोज (गाला डिनर) अघि तीनै नेता रेड कार्पेटमा सँगै उभिएका हुन्। रुसको क्रेमलिन प्रेस टोलीले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा विश्वका तीन शक्तिशाली राष्ट्रप्रमुखहरू एकैसाथ उभिएको दुर्लभ दृश्य देखिएका हुन् । सामूहिक तस्बिर खिचा