जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण, प्रमाण वा सूचना कुनै व्यक्ति वा पक्षलाई उपलब्ध नगराएको जनाएको छ । अनुसन्धान अधिकृतको हवाला दिँदै विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति परिसरले ध्यानाकर्षण भएको जनाएको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले मंसिर २ गते जारी गरेको विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्ध नरहेका मोबाइल