काभ्रे : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित 'बल्थली माउन्टेन रिसोर्ट'बाट प्रहरीले थप ४० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । बुधबार रिसोर्टबाट ३६ जना जापानी र ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन विष्टले जानकारी दिए ।पक्राउ परेकाहरूमाथि आवश्यक छानबिन तथा थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताए । यसअघि मङ्गलबार पनि प्रहरीले पाँचखाल नगरपालिका–७ स्थित 'ह्वाइट पार्क रिसोर्ट'बाट ३१ पुर