काठमाडौंविरुद्ध चितवन राइनोजले टस जितेर ब्याटिङ गर्ने

  • बुधबार ३ मंिर २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपाराले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। चितवनको लागि अघिल्ला खेलहरुमा कप्तानी गरिरहेका सिकन्दर राजा यूएईको लिग खेल्न जाँदा रविले पुनः कप्तानी सम्हालेका हुन्। टस हारेको काठमाडौंले पहिलो इनिङ्समा बलिङ गर्नेछन्। काठमाडौं गोर्खाज ७ खेलमा ४ जित र ३ हारसहित ८ अंक लिएर तेस्रो स्थानमा रहेको छ।