राप्रपाको महाधिवेशन आसन्न निर्वाचन र पार्टीको रूपान्तरणमा केन्द्रित हुनुपर्छ : ज्ञानेन्द्र शाही

  • बुधबार ३ मंिर २०८३ १०:४९ AM
हेटौँडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीलाई बलियो राष्ट्रवादी शक्तिका रूपमा स्थापित गर्न पुस्तान्तरणसँगै रूपान्तरण अपरिहार्य रहेको बताएका छन् । बुधबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले राप्रपाको आगामी महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रियामा मात्र सीमित हुन नहुने बताए । महाधिवेशन आगामी स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनलाई