काठमाण्डु – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष महामहिम याङ वानमिङले शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा सभामुख अर्यालले नेपाल र चीनबीच रहिआएको ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख