काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । मंसिर २ गते बिहान अन्दाजी ११:४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नं. H9353 मार्फत काठमाडौं आएका चिनियाँ नागरिक BINBIN LI लाई नियमित चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार सुरक्षा बेशले नियन्त्रणमा लिइएको हो