गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार सफलता हासिल गर्न नसकेको नेकपा (एमाले)ले राष्ट्रिय कार्यकर्ता भेलामार्फत मुलुकको विद्यमान अवस्था र पार्टी जीवनका समस्याको समीक्षा थालेको छ । लोकतान्त्रिक आन्दोलनका लागि सङ्घर्ष गरेको र पटकपटक सरकारको नेतृत्व गरेको एमालेले जनताको दैनिक जीवनका समस्या र सरोकारका विषयमा थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवाज भेलामा उठेको छ । भेलामा किसान, मजदुर,