नवलपुर : भारतको कोलकातामा आयोजना हुने आठौँ हिमालयन सुन्तला पर्यटन महोत्सव नेपालको ग्रामीण पर्यटन, होमस्टे (घरवास)र स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन अवसर वन्ने भएको छ। सो महोत्सवमा सहभागी हुन होमस्टे महासंघ नेपालले सरोकारवालाहरुलाई आव्हान समेत गरेको छ।होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले महोत्सवलाई नेपालको होमस्टे पर्यटन र स्थानीय उत्पादनको पहिचान अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने अवसरका रूपमा लिएको बताए। ‘हामीले यस महोत्सवलाई नेपालको होमस्टे, स्थानीय उत