हरिबोधनी एकादशी मेला व्यवस्थित बनाउन सन्धिखर्कमा विशेष ट्राफिक व्यवस्था

  • बुधबार ३ मंिर २०८३ ०४:०० PM
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा हरिबोधनी एकादशीका अवसरमा लाग्ने परम्परागत मेला तथा भैलोलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सन्धिखर्क नगरपालिकाले विशेष व्यवस्थापनका निर्णय गरेको छ।सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ अन्तर्गत सन्धिखर्क बजार तथा चुत्राबेँसी बजारमा मेला व्यवस्थापनका लागि मंसिर ४ गते बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म मालवाहक ट्रक, बस, चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइने भएको छ।नगरपालिकाले सार्वजनिक गरेको निर्णयअनुसार सन्धिखर्क बजार प्रवेश गर्ने तथा ब