काठमाडौं : सेयर बजारमा आज पनि गिरावट आएको छ। अघिल्लो दिन मंगलबार १२.७९ अंकले घटेको नेप्से परिसूचक यसदिन ११.०५ अंकले घटेर बन्द भएको हो। नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ। यसदिन ३४७ वटा स्क्रिप्सको १ करोड ६२ हजार ६०५ कित्ता सेयर ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।कारोबारमा आएकामध्ये ७० वटा स्क्रिप्सको मूल्य बढ्दा १९९ वटाको घट्यो। बाँकी १० स्टक्सको मूल्य भने स्थिर रह्यो।&n