वर्षेनी धान खरिद कोटा घटाउँदै संस्थान, सस्तोमा धान बेच्न बाध्य किसान

  • बुधबार ३ मंिर २०८३ ०४:०० PM
टीकापुर : धान उत्पादनमा किसानलाई प्रोत्साहन दिन सरकारले समर्थन मूल्य तोक्दै आए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिदको कोटा घटाउँदै आएको छ। सरकारी स्वामित्वको कम्पनीले कैलालीको टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र मोहनपुरबाट धान खरिद गर्दै आए पनि पछिल्ला तीन वर्षमा खरिद कोटा घटाउँदै लगेको हो।कम्पनीका अनुसार यस वर्ष कम्पनीले कैलालीका विभिन्न खरिद केन्द्रबाट ३० हजार क्वीन्टल मात्र धान खरिदको लक्ष्य लिएको छ। आर्थिक वर्ष २०८२/०८३ मा ३८ हजार र आर्थिक वर्ष २०८१/०८२ मा ५४ हजार क्वीन्टल