काठमाडौं : नेकपा (एमाले)की सचिव पद्मा अर्यालले देश निर्माण गर्ने मूल पार्टी एमाले नै भएको बताएकी छन्। बुधबारबाट काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय भेलामा सचिव अर्यालले पार्टीलाई अझ बढी सशक्त र बलियो बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्ने धारणा राखिन्।आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रूपमा तयार रहनुपर्ने उनले बताएकी छन्। उनले पार्टी शक्ति र पङ्क्तिलाई निष्क्रिय हुन नदिई थप बलियो र सक्रिय बनाउनुपर्ने उल्लेख गरिन्। अहिले जनतामा रह