काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान आईजीपी दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । प्रहरी महानिरीक्षकबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च गएका थिए । बुधबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएको थियो । कार्कीले अन्तरिम आदेश जारी गर्न माग गरिएकोमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरिएको छ