काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । बुधबार मकवानपुरको महादेवटार सुरुङमार्गको ब्रेक थ्रु कार्यक्रममा बोल्दै मन्त्री लम्सालले संशोधित कार्यतालिकाअनुसार काम नगर्ने निर्माण कम्पनीलाई अब थप समय नदिइने बताएका हुन् । उनले केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण फास्ट ट्रयाक