धरान । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने (विश्वकर्मा) पक्राउ परेका छन् । बचतकर्ताको बचत हिनामिना गरेर लामो समयदेखि फरार रहँदै आएका लामिछानेलाई सिआइवीको टोलीले पक्राउ गरेको हो । यसबारे गृहमन्त्री सुदन गुरूङले पनि पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले एक वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथिति विरुद्ध बोल्दा सुनिएका पूर्वका बचतकर्ताहरूको त्यो पीडाले आफूलाई सधैँ झकझकाइरहेको उल्लेख गरेका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि डे वानबाटै पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजीलाई तीव्र पारिएको उनले बताए ... The post बराह सहकारीका अध्यक्ष लामिछाने पक्राउ appeared first on Kalika Khabar.