काठमाडौँ : मंगलबार देशभर भएका विभिन्न सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा सबैभन्दा बढी मानवीय क्षति बागमती प्रदेशमा भएको छ । बागमती प्रदेशमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । त्यस्तै, कोशी, लुम्बिनी र गण्डकी प्रदेशमा एक/एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कोशी प्रदेशमा २४ जना, लुम्बिनी प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा २ जना घाइते भएका छन् । मधेश प्रदेशमा सबैभन्दा बढी ३४ जना घाइते भएका छन् । यसैगरी, ... The post सवारी दुर्घटनामा ५ जनाको मृ’त्यु, १२७ जना घाइते appeared first on Kalika Khabar.