काठमाडौं : पहिलो सिजनको अन्तिम स्थानबाट दोस्रो सिजनमा उपाधि जितेको लुम्बिनी लायन्सले तेस्रो सिजनमा पनि आफ्नो लय कायम राखेको छ। खेलाडी छनोटमा निरन्तरता, नेपाली र विदेशी खेलाडीबीचको सन्तुलन तथा सामूहिक प्रदर्शनको बलमा लुम्बिनी लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको हो।नेपाल प्रिमियर लिगका तीन सिजनमा लुम्बिनी लायन्सको यात्रा आफैँमा एउटा उदाहरण मान्न सकिन्छ। पहिलो सिजन अंक तालिकाको पुछारमा रहेको टोलीले दोस्रो सिजनमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जित्यो। तेस्रो सिजनमा पनि त्य