ओली कार्यशैलीप्रति महासचिव पोखरेलको गम्भीर असन्तुष्टि, शक्ति केन्द्रीकरणको कडा आलोचना

  • बुधबार ३ मंिर २०८३ ०८:२१ AM
काठमाण्डु- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वको कार्यशैली, शक्ति केन्द्रीकरण, अवसर वितरण र आन्तरिक लोकतन्त्रको अवस्थामाथि गम्भीर प्रश्न उठाएका छन् । पार्टीको बुधबारदेखि काठमाण्डुमा सुरू राष्ट्रिय भेलामा प्रस्तुत गरेको ‘शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’सम्बन्धी राजनीतिक तथा संगठनात्मक दस्तावेजमा पोखरेलले पार्टीभित्र मौलाउँदै गएको नेतृत्वकेन्द्रित प्रवृत्ति, सामूहिक निर्णय प्रक्रियाको कमजोरी र आलोचना गर्न नसक्ने