काठमाडौं । दुई किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत नेपाल आएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ सुनसहित पक्राउ परेका हुन् । उनले मलद्वारमा एक किलो ८०३.७७ ग्राम सुन लुकाएर ल्याएका थिए । पक्राउ परेका चिनियाँ नागरिकलाई अनुसन्धानका लागि त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ । The post मलद्वारमा लुकाएर ल्याएको दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ appeared first on Kalika Khabar.