ढल्केवर (धनुषा) : गत जेठ २५ गते धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२, सिनरजोडाका रामअशिष यादवको निधन हुँदा उनका कान्छा छोरा सरोज कुमार यादव वैदेशिक रोजगारीका सिलसिलामा देशबाहिर थिए ।संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा कार्यरत सरोजले बुबा बितेको दुःखद खबर पाए। उनको मन घर पुग्यो, तर शरीर परदेशमै थियो । बुबाको अन्तिम मुख हेर्ने र काजकिरियामा सहभागी हुने उनको तीव्र चाहना थियो । तर, नियतिले उनलाई त्यो अवसरसमेत दिएन ।बुबाको निधनपछि नेपाल फर्किन खोज्दा सुरुमा कम्पनीले रोकेको सरोजको भनाइ छ