डेढ महिनापछि बल्यो बिजुली, चल्यो मोबाइल

  • बुधबार ३ मंिर २०८३ ०२:०० PM
गोरखा : बुढीगण्डकीको बाढीपछि विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका धार्चेका ६ सय घरधुरीमा डेढ महिनापछि पुनः सेवा सुचारु भएको छ। धार्चे गाउँपालिका–१ र ३ का करिब ६ सय घरधुरीमा गत सोमबारदेखि विद्युत र मोबाइल सेवा सुचारु भएको स्थानीयले जानकारी दिएका छन्। बाढीले क्षतिग्रस्त विद्युत् प्रसारण लाइन र ट्रान्सफर्मर मर्मत सम्भारपछि विद्युत् सेवा सुचारु भएको र उहियास्थित टावरमा विद्युत् सेवा जडान भएपछि दुवै सेवा सुचारु भएको धार्चे—२ का वडाध्यक्ष सरोज गुरुङले जानकारी दिए। बाढीले चुमन