काठमाडौं : काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको भीमफेदी र बकैयाँ गाउँपालिकामा निर्माणाधीन महादेवटार सुरुङमार्गको ब्रेक थ्रु भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको ३ हजार ४२२ मिटर लामो निजगढबाट काठमाडौं आउने सुरुङको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ब्रेक थ्रु गरिएको हो।कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री,प्रधान सेनापति,रक्षा सचिवलगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक उपस्थित रहेका थिए।महादेवटारको जोडी सुरुङमध्ये यो सबैभन्दा लामो सु