काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि वालेन्द्र शाह नेतृत्वको सरकारले निर्मम दमन गरिरहेको बताएका छन्। उनले एमालेमाथिको यो दमनको प्रतिरोधका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी राष्ट्रिय भेलाको बुधबार मध्याह्न काठमाण्डुको बबरमहलमा उद्घाटन मन्तव्यका क्रममा अध्यक्ष ओलीले सरकारले एमालेमाथि पुनः हमला गर्न सक्ने भन्दै त्यसको प्रतिरोध गरिने चेतावनी दिए