काठमाडौं । सङ्घीय राजधानी काठमाडौंलाई चौबिसै घण्टा खुला राख्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी तीव्र पारेको छ । काठमाडौंलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री सहरका रूपमा विकास गर्दै रातदिन सञ्चालन गर्न सकिने वातावरण निर्माण गर्न प्रशासनले पहल थालेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै राजधानीलाई २४ घण्टा सञ्चालन गर्न आवश्यक