काठमाडौं : नेकपा एमालेको राष्ट्रिय भेला जारी रहेको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिने राष्ट्रिय भेला सुरु भएको हो। उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरेको हो। भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी छन्। भेलामा गत असोज ५ गतेद