काठमाडौं : चीनको सेन्जेन सहरमा जारी एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।बुधबार भएको उक्त भेटवार्तामा राष्ट्रपति सीले पुटिनलाई 'पुरानो मित्र'को संज्ञा दिँदै आफूहरूबीचको यो ५० औँ प्रत्यक्ष भेटघाट रहेको बताए। विश्वमा बढ्दो अनिश्चितताका बीच चीन र रूसको सम्बन्धले स्थिरता ल्याउने काम गरिरहेको सीको भनाइ थियो। सो अवसरमा रूसी राष्ट्रपति पुटिनले एसिया-प्रशान्त क्षेत्रका देशहरूको प्रगति र स