काठमाण्डु – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ। उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी छन्। प्रतियोगितामा सहभागी टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन हेर्दा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी सफल देखिएका छन्। ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिमलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका