काठमाण्डु– पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाण्डु महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि काम गर्ने बताएकी छन् । उनले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाण्डुको विकासमा समर्पित गर्ने उल्लेख गरेकी छन् । यद्यपि, उनले कुन राजनीतिक दलबाट वा