काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह यही मङ्सिर ६ गते दुईदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भारत भ्रमणका लागि मन्त्रालयले विषयगत रूपमा आन्तरिक तयारी तीव्र पारेको जानकारी दिएका छन्