बाँके । लामो समयदेखि अलपत्र अवस्थामा रहेका बाँके र बर्दियाका तीन सडक तथा पुल आयोजनाको ठेक्का सम्झौता तोडिएको छ । पटकपटक म्याद थप गर्दा पनि निर्माण तथा मर्मतको काम सम्पन्न हुन नसकेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता रद्द गरेको हो । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्रप्रसाद भट्टका अनुसार रत्न राजमार्गअन्तर्गत जमुनाहादेखि पन्ध्रेखोलासम्मको सडक