काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व सहमहामन्त्री समेत भइसकेकी सुमनाले सामाजिक सञ्जालमा लेख्दै आफूले मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । ०७९ सालको आम निर्वाचनमा रास्वपाको समानुपातिक सूचीबाट उनी सांसद र पछि शिक्षामन्त्री बनेकी थिइन् ।