राष्ट्र बैंकको खुद नाफा ८३ अर्ब ५६ करोड पुग्यो, सरकारलाई ४२ अर्ब हस्तान्तरण गर्ने

  • बुधबार ३ मंिर २०८३ ०६:५८ AM
काठमाडौं । नेपाल राष्ट्र बैंकको खुद नाफा गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ । विदेशी मुद्रा सञ्चिति र त्यसबाट प्राप्त ब्याज आम्दानी बढेपछि केन्द्रीय बैंकको नाफामा सुधार आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा वर्षमा बैंकले ८३ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो