जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसी आफ्नै निवासमा मृत फेला परेका छन्। कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत ५२ वर्षीय केसी मंगलबार बिहान प्रहरी अधिकृत निवासको कोठामा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय परिसरभित्र रहेको अधिकृत निवासको भुइँतलामा बस्दै आएका केसी मंसिर १ गते बिहान साढे ९ बजेसम्म पनि नउठेपछि