गृहमन्त्री गुरुङको आमा दावी गर्ने महिलाको भिडियो पोस्ट गर्ने कलाकार बोगटी पक्राउ

  • बुधबार ३ मंिर २०८३ १२:०० PM
भक्तपुर : गृहमन्त्री सुधन गुरुङको आमा दाबी गर्ने महिलाको भिडियो सामाजिक सञ्जालमा राखेका कलाकार सर्विन बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार अपराह्न सर्विन भक्तपुरको सूर्यविनायकबाट समातिएका हुन् ।आफूहरूलाई इन्टरनेट प्रदायक वर्ल्ड लिङ्कको कर्मचारी बताएर घरकोठामै आएका सादा पोसाकका दुईजना प्रहरीले सर्विनलाई समातेर लगेको परिवारजनले बताएका छन् । उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।वैयक्तिक गोपनियता सम्बन्धि कसुरमा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले पुष्टि गर