काठमाडौं : निर्वतमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ सुरू भएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटको सुनुवाइ सुरू भएको हो।सरकारले प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि उक्त निर्णय बदरको माग गर्दै कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। कार्कीले आफूलाई पदावधि बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरेका छन्। आफूलाई हटाउने कुनै कानुनी आधार र कारण नखु