प्रधानमन्त्री वालेन्द्र शाहबाट यही महिनामा मित्रराष्ट्र भारतको औपचारिक भ्रमण हुँदैछ। विभिन्न कारणले गर्दा यस भ्रमणको उच्च चर्चाका साथै पृथक् एवं अलौकिक महत्त्व पनि छ। वालेन्द्र शाह प्रधानमन्त्री भएपछि अधिकांश पूर्वप्रधानमन्त्रीहरू रमाएका भ्रमण, भाषणबाजी, उद्घाटनका तामझाम, बालुवाटार व्यस्तता, बिचौलिया सत्संग र साक्षात्कार, सवारी रवाफ, लहडी लावालस्कर, चन्दा तथा प्रायोजन निकटता, खानपान एवं भोजभतेरका रमितालगायत अन्य केही दीर्घरोगबाट देशमुक्त भएको छ। सामान्यतया नेपालका हरेक प्रधानमन्त्रीबाट नियुक्तिल