इनमसँगको कनेक्सन अध्ययन समिति अलपत्र

  • बुधबार ३ मंिर २०८३ १२:०० PM
काठमाडौं : सर्वोच्च अदालतमा दिनहुँ बहस पैरवी गर्ने वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई एकाएक बहालवाला न्यायाधीशमाथि अध्ययन तथा छानबिन गर्नुपर्ने जिम्मेवारी आइलाग्यो। उनी केहीबेर सोचमग्न भए र उनलाई के गरूँ–गरूँ भयो।सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका शाक्यले आफू समितिको सदस्य बनेको जानकारी सञ्चारमाध्यमबाट थाहा पाएका थिए। सुरुमा उनी केहीबेर अन्योलमा परे। आफूले नियमित बहस गर्ने न्यायाधीशमाथि आफैंले अध्ययन गर्नुपर्ने अवस्था आएपछिको नैतिक र व्यावसायिक पक्षबारे उनले सोच्न थाल