काठमाण्डु– तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरस्थित महादेवटारको सबैभन्दा लामो दायाँ सुरुङको ‘ब्रेक थ्रु’ गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३.४४५ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु गरेका हुन् । यसअघि ३.४८६ किलोमिटर लामो बायाँ सुरुङ गत भदौमा छिचोलिएको थियो । करिब ७१ किलोमिटर लामो द्रुतमार्गको भौतिक प्रगति हालसम्म ५१ प्रतिशत पुगेको छ । आयोजना