काठमाडौँ : जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको छ। अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि मंसिर १ गते तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो। दुर्गम तथा भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न ... The post जटिल प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार appeared first on Kalika Khabar.