कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित एक निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै पशु विकास अधिकृत डा. सरोज खतिवडासँग स्पष्टीकरण माग गरेको हो । मन्त्रालयका अनुसार खतिवडा बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिनभन्दा बढी समय अनुपस्थित रहेको पाइएको छ । वैदेशिक