बुटवल : १० जना विद्युत्कै कर्मचारीको मृत्युप्रदेश प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा १० जना त विद्युत् प्राधिकरणका कर्मचारी छन्। विद्युत्का पोल चढ्दा उनीहरूको करेन्ट लागेर मृत्यु भएको हो। पोलमा चढेर काम गर्नका लागि विद्युत्का कर्मचारीबाहेक अरूलाई अनुमति हुँदैन। मृत्यु हुने १० जना सबै पुरुष हुन्। आर्थिक वर्ष २०८१/८२ मा पाँच र २०८२/८३ मा ५ जना कर्मचारीको ज्यान गएको हो। त्यसमध्ये पाल्पामा २ जना, बर्दियामा ३ जना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा २ जना, दाङमा १ जना