काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्कन सहमत भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि उनीहरू अध्ययनलाई निरन्तरता दिन सहमत भएका हुन् । छलफलमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका उच्च अधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र